२०८३ श्रावण ६, बुधबार २३:२८
२०८३ श्रावण ६, बुधबार २३:२८
काठमाडौं, साउन ६ गते । पछिल्लो ६ घण्टामा देशका विभिन्न स्थानमा उल्लेखनीय वर्षा मापन भएको छ। जल तथा मौसमसम्बन्धी अद्यावधिक विवरणअनुसार सबैभन्दा बढी वर्षा लमजुङको खुदी बजार र भुजुङ क्षेत्रमा ७४.८ मिलिमिटर रेकर्ड गरिएको छ। त्यसैगरी सिन्धुपाल्चोकको चाँदारकुमा ६६.८ मिलिमिटर तथा दोलखाको लामाबगरमा ६४ मिलिमिटर वर्षा मापन भएको छ। यी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले स्थानीय बाढी, पहिरो तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मंगलबार राति ११ः०५ बजेसम्मको विवरणअनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै कोशी र कर्णाली प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यम…