Day: २०८३ श्रावण १०, आईतवार २३:५०

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

लमजुङ, साउन १० गते । आज राति ११:१४ बजेदेखि गएको तीन घण्टाको अवधिमा लमजुङको घरेढुङ्गा क्षेत्रमा ९५.२ मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान शाखाका अनुसार उक्त क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेकाले स्थानीय बासिन्दा तथा नदी–खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाले जारी गरेको पछिल्लो जानकारीअनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षा निरन्तर रहने सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र भूक्षय तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको मौसमविद्ले बताएका छन्। यस्तै, वर्षाका…
Read More
‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा, साउन १० गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणका लागि सबै नागरिकले आ–आफ्नो ठाउँबाट सकारात्मक सोच र साझा प्रतिबद्धतासहित योगदान दिनुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर लामाले शान्त, भव्य र समृद्ध हेटौंडाको सपना केवल सपना मात्र नभई एउटा दृढ सङ्कल्प रहेको उल्लेख गरेकी छन्। उनले विकास र समृद्धिको यात्रामा एउटा सङ्कल्प पूरा हुँदै जाँदा नयाँ आवश्यकता र नयाँ जिम्मेवारी थपिँदै जाने उल्लेख गर्दै समृद्धिको अभियानलाई निरन्तरता दिन हरेक पुस्ताले नयाँ सङ्कल्प गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। मेयर लामाले विगतमा देखिएका सपना र गरिएका सङ्कल्पहरूले आजको हेटौंडाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.