Day: २०८३ भाद्र २, मंगलवार २३:३४

हराएको मूर्तिको टाउको र अतिक्रमणमा परेको गढी दरबार : मकवानपुरको इतिहास माथि कसको नजर?

हराएको मूर्तिको टाउको र अतिक्रमणमा परेको गढी दरबार : मकवानपुरको इतिहास माथि कसको नजर?

हेटौँडा, भदौ २ गते । मकवानपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मकवानपुरगढीको सम्पदा संरक्षणप्रति गम्भीर प्रश्न उठाउँदै ‘सेवा सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। महतले मकवानपुरगढीको वंशगोपाल मन्दिरमा रहेको बहुमूल्य धातुको मूर्तिको शिरभाग हराएको विषयसँगै ऐतिहासिक गढी दरबारसँग जोडिएको जग्गा अतिक्रमणको प्रश्नसमेत उठाएका छन्। उनले हराएको मूर्तिको खोजी तथा अनुसन्धानको अवस्था सार्वजनिक गर्न र गढी दरबार तथा सम्पदा क्षेत्रको जग्गाको वास्तविक सीमाना यकिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। ऐतिहासिक मकवानपुरगढीको वंशगोपाल मन्दिरमा रहेको कृष्णको मूर्ति सेनकालीन इतिहाससँग जोडिएको मानिन्छ। ऐतिहासिक विवरणअनुसार उक्त मूर्ति अष्टधातुबाट बनेको र…
Read More
हेटौँडामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु, एक सकुशल भेटिइन्; दुई अझै बेपत्ता

हेटौँडामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु, एक सकुशल भेटिइन्; दुई अझै बेपत्ता

बस्तीपुर,भदौ २ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार बालिका विद्यालयबाट घर फर्किने क्रममा वासुदेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना सकुशल फेला परेकी छिन्। दुई बालिका भने अझै बेपत्ता छन्। विद्यालयबाट घर फर्किने क्रममा हेटौँडा–१९ वासुदेवस्थित वासुदेव खोला तर्ने क्रममा चार बालिकालाई खोलाले बगाएको जानकारी पाएपछि विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार हेटौँडा–१९ बस्तीपुर निवासी दीप स्याङ्ताङकी अन्दाजी ८ वर्षीया छोरी रोशनीको शव घटनास्थलबाट करिब ६ सय मिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको हो। त्यस्तै, स्थानीय सीताराम भ्लोनकी १३ वर्षीया छोरी सीमा भ्लोन सकुशल फेला परेकी…
Read More
थोरैको कमाइमा धेरैको परिवार जस्तै समाज : वडाध्यक्ष सिग्देल

थोरैको कमाइमा धेरैको परिवार जस्तै समाज : वडाध्यक्ष सिग्देल

हेटौंडा, भदौ २ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले समाजमा केही व्यक्तिले मात्र काम गर्ने र धेरैले त्यसको विरोध गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै ‘थोरैको कमाइमा धेरैले खाने परिवार’ र ‘थोरैले काम गर्ने, धेरैले विरोध मात्र गर्ने समाज’ उस्तै–उस्तै रहेको टिप्पणी गरेका छन्। उनले आफूहरूबीच कसैलाई हराउने वा कसैलाई उछिन्ने प्रतिस्पर्धा नरहेको स्पष्ट पार्दै उत्कृष्ट कार्य गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने बताएका छन्। “हामीले कसैलाई हराउनु छैन, कसैलाई उछिन्नु पनि छैन,” उनले लेखेका छन्, “बस ! एउटै छ, उत्कृष्ट कार्य गर्नुछ। हाम्रो वडा बनाउनु छ। हाम्रो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.