Day: २०८३ भाद्र ११, बिहीबार २३:४३

सीता माविको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र पिटिए गठन

सीता माविको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र पिटिए गठन

मनहरी, भदौ ११ गते । मनहरी गाउँपालिका–२, भुन्द्रुङ्टाँडीस्थित श्री सीता माध्यमिक विद्यालयको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ (पिटिए) गठन गरिएको छ । बुधबार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ र शिक्षक–अभिभावक संघको अध्यक्षमा सूर्यबहादुर गोलेलाई सर्वसम्मत चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यमा सन्ध्या वाइबा, वीरबहादुर स्याङ्तान र विष्णुकुमारी जिम्बा चयन भएका छन् । त्यस्तै, शिक्षक–अभिभावक संघको सदस्यमा चमेलीमाया थिङ, ज्ञानबहादुर दोङ, विवि माया बल, दीपक ब्लोन, राजु थिङ र हिरामान बल चयन भएका छन् । भेलाले बाँकी सदस्यहरू बैठक मार्फत थप गर्दै ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति र ११ सदस्यीय शिक्षक–अभिभावक संघलाई…
Read More
हेटौंडा–४ मा सडक, पेटी र ढल निर्माणका लागि १ करोड ३५ लाखको योजना अघि बढ्यो

हेटौंडा–४ मा सडक, पेटी र ढल निर्माणका लागि १ करोड ३५ लाखको योजना अघि बढ्यो

हेटौँडा, भदौ ११ गते । हेटौंडा उपमहानगरपालिका–४ मा सडक, सडकपेटी तथा ढल निर्माणका लागि बागमती प्रदेश सरकारको पूर्वाधार कार्यालयमार्फत करिब १ करोड ३५ लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माण योजना अघि बढाइएको छ। हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलका अनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड १७ लाख रुपैयाँ बराबरको लागतमा बोलपत्र आह्वान गरिएको हो। म्याटसहित कुल लागत करिब १ करोड ३५ लाख रुपैयाँ बराबर हुने जनाइएको छ। योजनाअन्तर्गत वडाका विभिन्न क्षेत्रका सडक तथा ढल संरचनालाई प्राथमिकतामा राखिएको छ। लक्ष्मी टोलअन्तर्गतका भित्री सडकहरूमा ढल निर्माण गरिनेछ भने गर्दाेही क्षेत्रका भित्री सडकहरूको स्तरीकरण गरिनेछ। त्यसैगरी बुद्धपथबाट गुम्बा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.