Day: २०८३ आश्विन १८, आईतवार २१:४५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि खुलामञ्चमा बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि खुलामञ्चमा बस्ने

काठमाडौं, असोज १८ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि असोज १९ गते काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन बीपीनगर ललितपुरले जारी गरेको सूचनाअनुसार बैठक बिहान ठीक १० बजे पार्टीको १५औँ महाधिवेशन स्थल खुलामञ्चमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेका हुन्। बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषयलगायत समसामयिक सांगठनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
Read More
श्रम संस्कृति पार्टी मकवानपुरको श्रम अभियानले एक वर्ष पूरा गर्‍यो, हुप्रचौरमा विशेष सरसफाइ कार्यक्रम

श्रम संस्कृति पार्टी मकवानपुरको श्रम अभियानले एक वर्ष पूरा गर्‍यो, हुप्रचौरमा विशेष सरसफाइ कार्यक्रम

हेटौंडा, असोज १८ गते । श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरले जिल्लामा श्रम अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा वार्षिक उत्सव तथा विशेष श्रमदान कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा आयोजित कार्यक्रममा सहभागीहरूले चौर तथा आसपासका क्षेत्रमा रहेका फोहोरजन्य वस्तु संकलन गरी सरसफाइ गरेका छन्। जिल्लामा श्रम अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा पार्टीका नगर कमिटी, गाउँपालिका कमिटी, वडा तथा टोल तहमा आबद्ध अगुवा तथा श्रमदाताहरूको सहभागिता रहेको थियो। जिल्ला कार्यसमितिले यसअघि जारी गरेको सूचनामार्फत विभिन्न तहमा रहेका नेता, कार्यकर्ता तथा श्रमदातालाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको थियो। मकवानपुर जिल्ला प्रथम…
Read More
हेटौंडामा ३ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित एक महिला पक्राउ

हेटौंडामा ३ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित एक महिला पक्राउ

हेटौंडा, असोज १८ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक महिलालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सानोपोखरा निवासी ३१ वर्षीया सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हेरोइन लुकाएर राखेको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले राति करिब १२ः१५ बजे तिमल्सिनाको घरमा पुगेर कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो। खानतलासीका क्रममा निजले सुत्ने गरेको कोठामा रहेको कपडा राख्ने स्टिलको दराजमा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको एक पुरियामा खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.