Day: २०८३ आश्विन २६, सोमबार २३:०२

संविधान र लोकतन्त्र रक्षाका लागि सबै एकजुट हुनुपर्छ : रामेश्वर राना

संविधान र लोकतन्त्र रक्षाका लागि सबै एकजुट हुनुपर्छ : रामेश्वर राना

हेटौँडा, असोज २६ गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर रानाले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। नेकपा एमाले हेटौँडा उपमहानगरपालिका–९ नम्बर वडा कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै रानाले यस्तो बताएका हुन्। रानाले निर्वाचनबाट गठन भएको सरकार भए पनि बालेन्द्र नेतृत्वको सरकारका गतिविधि स्वेच्छाचारी देखिएको आरोप लगाए। सरकारका कतिपय क्रियाकलापले मुलुकलाई अराजकतातर्फ धकेल्ने जोखिम बढाएको उनको दाबी थियो। सामुदायिक संघसंस्थामाथि प्रतिबन्ध लगाउन खोज्ने, बिना प्रमाण जथाभावी धरपकड गर्ने तथा लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूलाई कमजोर बनाउने गतिविधि लोकतन्त्रका लागि चुनौती भएको रानाले बताए। उनले संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र…
Read More
अब सवारी दर्ता र नामसारीका लागि सवारी धनी यातायात कार्यालय धाउन नपर्ने

अब सवारी दर्ता र नामसारीका लागि सवारी धनी यातायात कार्यालय धाउन नपर्ने

काठमाडौं, असोज २६ गते । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी साधनको दर्ता तथा नामसारी गर्न सकिने भएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। यससँगै सवारी साधनको जाँच प्रक्रियामा समेत सहजीकरण गरिएको छ। नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यसअघि सवारी साधनको दर्ताका लागि यातायात व्यवस्था कार्यालयमा पुनः लगेर जाँच गराउनुपर्ने अवस्था…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.