२०८३ मंसिर २, बुधबार २३:४६
२०८३ मंसिर २, बुधबार २३:४६
हेटौंडा, मंसिर, २ गते । सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले सवारी साधनमाथि गरेको चेकजाँचका क्रममा क्षमताभन्दा बढी सिट जडान गरिएका तीनवटा विद्युतीय सवारीसाधन (EV) सहित पाँचवटा सवारीसाधनलाई कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले आज जिल्लाका विभिन्न चेक प्वाइन्टमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका तीनवटा EV गाडी र आवश्यक कागजातबिना सञ्चालन गरिएका दुईवटा सुमो तथा बोलेरो फेला पारेको हो। प्रहरीका अनुसार १४ सिट क्षमता भएका तीनवटा EV गाडीमा थप चार–चारवटा सिट जडान गरी सञ्चालन गरिएको…