हेटौंडा । बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ को दोश्रो बोर्ड बैठक सम्पन्न भएको छ । बैठक हेटौंडा-१९, बस्तिपुर स्थित आफ्नै सचिवालयमा भएको हो ।

शनिबार भएको बैठकमा प्रथम बैठकको निर्णय अनुमोदन गरेको छ । साथै बोर्ड २५ का सबै सदस्यहरुको उपस्थितिमा जेष्ठ २ र ३ गते चितवनको सौराहामा लोम ट्रेनिङ आयोजना गर्ने निर्णय गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, पत्रकारिता सम्बन्धि कार्यक्रमको तयारी गर्ने निर्णय पनि बोर्ड बैठक गरेको छ ।
वर्ष २०२५ का अध्यक्ष जेसि सन्तोष उप्रेतीको सभाध्यक्षतामा भएको बोर्ड बैठकको सन्चालन वर्ष २०२५ का महासचिव जेसि सोवित वाइबाले गरेका हुन् ।
प्रतिकृया दिनुहोस्
Post Views: 155














