हेटौडामा पनि तातो मौसमको असर

हेटौंडा। पछिल्लो तीन दिन यता गर्मी ह्वात्तै बढ्न थालेको छ। बागमती प्रदेशको राजधानी हेटौडामा पर्ने दिनप्रतिदिन गर्मीको महसुस हुन थालेको छ।

गर्मीको उच्चतम तापक्रम देशैभरि बढ्न थालेको छ भने आगामी तीन दिनसम्म उच्चतम तापक्रम अझै बढ्न सक्ने सम्भावना रहेको छ। यो अवधिमा तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविद जानकारी दिएको छ।

पानी पर्ने सम्भावना कम भएपछि तत्कालको लागि तातो हावा चल्ने लहर भन्ने देखिएको बताएको छ। मौसमविदका अनुसार “आगामी तीन दिन अझै नयाँ मौसमी प्रणाली वायुमण्डलमा नदेखिएको र पश्चिमी वायु तथा स्थानीय बायुको पनि आंशिक प्रभाव मात्र रहेको कारण यो अवधिमा अझै तापक्रम वृद्धि हुने देखिन्छ।”

हिजो (मङ्गलबार) लुम्बिनी,सुदूरपश्चिम प्रदेशका तराईका केही एक दुई वटा स्थानमा मौसम मापन गर्दा त्यहाँको मौसम ४० डिग्री सेल्सियससम्म बढी रेकर्ड भएको थियो। भने मधेस प्रदेशका पश्चिमी भूभाग पर्ने स्थानहरूमा भने अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म आसपास रहेको थियो।

कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका केही एकदुई स्थानमा भने गत २४ घण्टामा हल्कादेखि मध्य वर्षा भएको छ। देशको गर्मी हुने भूभाग तराईका समतल एरियामा भने वर्षाको सम्भावना रहेको छैन।

साथै गर्मी मौसममा आवश्यक महत्वपूर्ण काम बाहेक बाहिर हिडडुल नगर्न नगराउन पनि विशेष आग्रह पनि गरिएको छ। घरमै बसी उच्चतम तापक्रमबाट बच्न सकिने भएको हुनाले यो उपाय अपनाउन सबै सर्वसाधारणलाई आग्रह पनि गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.