उर्लाबारीमा रास्वपाको वडा नं. ५ को पहिलो अधिवेशन सम्पन्न,गोपाल अधिकारीको नेतृत्वमा समिति गठन

उर्लाबारी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगरपालिका वडा नम्बर ५ को पहिलो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ। किरात राई यायोक्खा नगर समितिको प्रांगणमा भव्य रूपमा सम्पन्न अधिवेशनले नयाँ वडा समिति गठन गरेको हो।

अधिवेशनले गोपाल अधिकारीको सभापतित्वमा पाँच सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिमा विष्णु भण्डारी, मालती खत्री श्रेष्ठ, सुभाष श्रेष्ठ र गोमा नेपाली सदस्यका रूपमा चयन भएका छन्।

कार्यक्रममा सहभागीहरूले पार्टीप्रति ठूलो उत्साह देखाएका थिए। अधिवेशनमा आगामी दिनमा वडा नं. ५ भित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र जनसरोकारका विषयमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

नगर सभापति उमेश जंग थापाले पार्टीको संगठनलाई गाउँ-गाउँसम्म फैलाउन र जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न रास्वपा प्रतिबद्ध रहेको बताए। उनले नवगठित समितिलाई बधाई दिँदै संगठनलाई थप सबल र जनमुखी बनाउन आग्रह गरे।

रास्वपाले हाल उर्लाबारी क्षेत्रमा जनाधार विस्तारलाई प्राथमिकता दिएको र यही क्रममा वडा तहमा अधिवेशनमार्फत सांगठनिक संरचना बलियो बनाउने अभियान अघि बढाएको पार्टी नेताहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.