झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने

बिर्तामोड। झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत आयोजकले उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताु गर्न लागिएको जानकारी दिनुभएको हो।

प्रतियोगिता आगामी जेठ २ गतेदेखि ४ गतेसम्म बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ । बालबालिकाहरुलाई कुलतबाट बचाउन र दिमागको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजक बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईले बताउनु भयो ।

किरात याक्थुङ चुम्लुङ बिर्तामोडको सहआयोजनामा हुन लागेको प्रतियोगितामा १५० जनाभन्दा बढी राष्ट्रिय खेलाडीहरू सहभागी हुने चेस क्लबका खेल डाइरेक्टर ज्वाला इम्बुङले जानकारी दिए।

सहआयोजक संस्थाका अध्यक्ष हिमालय कन्दङ्वाका अनुसार प्रतियोगितामा प्रथम हुनेले पुरस्कार ५१ हजार, दोश्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको विभिन्न विधाका विजेताले नगद ६ हजारदेखि माथि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विधागत र भूगोलको आधारमा समेत पुरस्कार दिइने भएको छ । कार्यक्रम सम्पन्न गर्न ९ लाख ६१ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम प्रेस संयोजक विजय बरालले सञ्चालन गरेका थिए ।

प्रतियोगिताले आन्तरिक प्रर्यटनको प्रवद्र्धन,स्थानीय खेलाडी उत्पादनसँगै सिङ्गो प्रदेशको परिचयलाई स्थापित गराउने आयोजकको बुझाई छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.