मोरङ । मिक्लाजुङ गाउँपालिका–२ अन्तर्गत साखरे टोलमा खानेपानी पाइप विस्तार गर्न आयोजना गरिएको पहिलो चरणको श्रमदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बृहत लावा खोलाको खानेपानी शाखा पाइप विस्तार गरि साखरे टोलसम्म पानी ल्याउनका लागि वडाकार्यालय तथा खानेपानी उपभोक्ता समितिको आह्वानमा श्रमदान कार्यक्रम सञ्चालन गरिएको हो।
श्रमदान कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठको सक्रिय उपस्थिति रहेको थियो। उहाँसँगै वडा सदस्यहरू हेमकुमार कटुवाल,रेवत खड्का र शर्मिला विश्वकर्माको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा कुल १७१ जना श्रमदाताहरू सहभागी भएका थिए। वडाले श्रमदानमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण श्रमदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। खाजा तथा पानी व्यवस्थापनको जिम्मा समेत वडाले लिएको थियो।
प्रतिकृया दिनुहोस्
Post Views: 178













