उर्लाबारीमा एक ब्याक्तिलाई तिन जनाको ससमुहले ज्यान मार्ने गरि कुटपिट

मोरङ। मोरङको उर्लाबारी नगरपालिका–४ स्थित विशाल चोक नजिकै घनश्याम ढकालका भाई ४३ वर्षीय धनबहादुर ढकालमाथि ज्यान मार्ने नियतले कुटपिट भएको छ। मंगलबार बेलुका करिब ७:३५ बजेको समयमा बाटोमा बोलाई टाउकोमा गम्भीर चोट हुने गरी कुटपिट गरिएको स्थानीयहरुले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा उर्लाबारी ४ का २८ वर्षीय रोहित भन्ने भरत रिजाल र २० वर्षीय विशाल पोखरेललाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई ज्यान मार्ने उद्योगअन्तर्गत म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घाइते ढकाललाई गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो हस्पिटलमा लगिएको हो, जहाँ उनलाई आइसियू कक्षमा राखेर उपचार गरिँदैछ। हालसम्म रोहित भन्ने भरत रिजालले किन ढकालमाथि आक्रमण गरे भन्ने कारण खुल्न नसकेको बताइएको छ। स्थानीय बासिन्दा घटनाले समुदायमा त्रास फैलिएको बताएका छन्। यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.