अपरिचित बृद्धको गतिविधीले डुम्रेवासी त्रसित

उलाबारी। उर्लाबारी नगरपालिका–२ डुम्रे गाँउमा एक अपरिचित बृद्धको हर्कतले गाउलेहरु त्रसित हुदै आएका छन् । झट्ट हेर्दा अन्दाजी ६०/६५ बर्षको जस्तो देखिने वृद्ध मानिस उक्त क्षेत्रमा विगत ३/४ दिन देखी घुमिरहेका छन्।

दिनभरी जसो बेतेनी सिमसार क्षेत्र र गाउवरीपरी घुम्दै आएका बृद्ध राति परेपछि स्थानियको घरमा पस्ने गरेका कारण स्थानियहरुमा त्रास छाएको स्थानिय निश्चल ढकालले बताए ।

गए राति उक्त बृद्ध मानिस स्थानिय एक पोख्रेलको घरमा पसेपछि उनको हर्कतले मानिसहरु त्रसित बनेका छन् । बृद्धको हर्कतले दुख पाईरहेको स्थानियले अस्थायी प्रहरी चौकी मंगलबारेलाई बृद्धको उद्धार गरी सम्वधीत व्याक्तिको जिम्मा लगाईदिन आग्रह गरेपनि प्रहरीले नटेरेको उनिहरुले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.