ससुराको हत्या गर्न बुहारी र नातिनीको मिलेमतो: सुपारी दिई हत्या गराउने डर लाग्दो साजिस

संखुवासभा। संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ससुराको हत्या प्रकरणमा स्तब्ध पार्ने खुलासा भएको छ। ७२ वर्षीय मिनबहादुर कुमालको हत्या आफ्नै बुहारी र नातिनीको योजनामा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ४५ वर्षीया बुहारीले आफ्नी १३ वर्षीया छोरीसँग मिलेर हत्या योजना बनाएकी थिइन्। उनले दुई किशोरलाई २० हजार रुपैयाँ सुपारी दिई हत्या गराएको खुलासा भएको हो। घटना वैशाख १३ गते राति करिब १०:३० बजे मिनबहादुर सुतेकै अवस्थामा भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा, योजना बुहारीले तयार पारेर नातिनीमार्फत दुई किशोरलाई सुपारी दिइएको पत्ता लागेको छ। डीएसपी दक्षकुमार बस्नेतको नेतृत्वमा प्रहरी टोलीले सबै अभियुक्तलाई पक्राउ गरिसकेको छ।

मोटिभ के थियो?

हालसम्मको अनुसन्धानमा हत्या किन गरियो भन्ने विषयमा विस्तृत खुलासा भइसकेको छैन। यद्यपि, पारिवारिक विवाद वा सम्पत्तिसम्बन्धी असमझदारी हुनसक्ने आशंका प्रहरीले गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.