कोशी अस्पताल परिसर जलमग्न, सेवाग्राही फोहोर पानी छिचोलेर सेवा लिन बाध्य

विराटनगर। निरन्तर वर्षाका कारण विराटनगरस्थित कोशी अस्पतालको परिसर आइतबार बिहानदेखि जलमग्न भएको छ। पानीको उचित निकास व्यवस्था नहुँदा अस्पतालको आँगनमा फोहोर पानी जमेको छ, जसले गर्दा सेवाग्राहीहरू छिचोलेर सेवा लिन बाध्य भएका छन्।

बिरामीको उपचारका लागि अस्पताल आएका नागरिकहरू पानीमा डुबेर सेवा लिँदा असहज भएको गुनासो गर्छन्। वर्षा सुरु भएसँगै समस्या दोहोरिँदा समेत समाधानमा ध्यान नपुगेको गुनासो गर्दै स्थानीयहरूले तत्काल समाधानको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.