वित्तीय पुँजी र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । बैंक ऋण तथा वित्तीय पुँजी अनुगमन केन्द्रिय समितिद्वारा आयोजित “वित्तीय पुँजी र नेपाली अर्थतन्त्र” विषयक अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा बैंक तथा सहकारी पिडित नागरिकहरुको गुनासो, समस्या र समधानका लागि आवस्यक वित्तीय पुँजी र नेपाली अर्थतन्त्रको विषयमा गहन छलफल भएको छ ।

बुधबार भएको कार्यक्रममा नेकपाका पोलिट व्युरो सदस्य तथा बैंक ऋण तथा वित्तीय पुँजी अनुगमन समितिका संयोजक शितल सीको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा बोल्दै पछिल्लो समयमा बैंक तथा सहकारी संस्थाहरु नेपाली नागरिकको पुँजी संरक्षक नभइ शोषक र पिडक बनेको बताए । यसको कारण व्यक्ती केन्द्रित पुँजीवादी अर्थतन्त्र रहेको बताए । साथै उनले वित्तीय क्षेत्रमा देखा परेका समस्याहरुको समाधानका लागि नेपाली अर्थतन्त्रको नयाँ अवधारणा विकास गर्नुपर्ने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सी, रेडियो बुलेटिनका प्रबन्ध निर्देशक एवंम् सञ्चारकर्मी अनिल कुमार खाती, सामाजिक अभियन्त विशालराज महत, लघुवित्त पिडित संघर्ष समितिका संयोजक लगायत अन्य थुप्रै वक्ताले आफ्ना धारणाहरु पेश गरेका छन् ।

कार्यक्रममा बैंक, सहकारी तथा लघुवित्त विडितले पनि आफ्ना गुनासो राखेका छन् । गुनासो राख्दै एकजना पिडितले वित्तीय संस्थाका कर्मचारीहरु घरघरमै आइ अनावश्यक रुपमा डर, धम्की र चेतावनी दिने गरेको बताए ।

हेटौंडा-४ स्थित नारी सीप सिर्जना केन्द्रको हलमा भएको कार्यक्रमको सभाध्यक्ष नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य केशव सी रहेका छन् भने कार्यक्रमको सन्चालन नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.