१५ लाख भारुसहित एक जना ब्याक्ती पक्राउ

झापा। प्रहरीले झापाको काकंरभित्ता स्थित जोरसिमलबाट बुधबार १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस चेकजाँचका क्रममा भारु १४ लाख ९९ हजार सात सयसहित मोरङ उर्लाबारी–८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलका अनुसार बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.