हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाए लगत्तै हेटौडा १० स्थित होटेल लिडोमा औपचारिक विविध समीक्षा र जिल्लागत रूपमा भएका पार्टीका जानकारीहरु बारे छलफल भएका छन्।
जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य लगायतका प्रदेश र जिल्लागत विशिष्ट नेतागणहरूको उपस्थितिमा आज मुख्यमन्त्री कार्यालय मै पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो।
होटल लिडोमा राखेको औपचारिक विशेष कार्यक्रममा समग्र सिङ्गो पार्टीले आज मुख्यमन्त्री कार्यालयमा बुझाएको बजेट माग ध्यानाकर्षण पत्रबारे विशेष चर्चा र छलफलको विषय अन्तर्गत रही जसपा नेपालका केन्द्रीय उपाध्यक्ष देखि प्रदेश र जिल्लागत विशिष्ट नेताहरूले आआफ्नो विचार व्यक्त गरेका छन्।

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले २०७२ सालको भूकम्पले पुर्याएको भौतिक संरचनामाथि पुगेको क्षतिको संरचनालाई पुननिर्माणमा आज पेश गरिएको बजेट माग सम्बन्धमा उल्लेख गरिएको विषयलाई विशेष जोड दिएका छन्। सँगसँगै अन्य प्राकृतिक प्रकोपबाट पुर्याएको संरचनाहरु जस्तै बाटोघाटो र पुल जस्ता विषयहरूमा राज्यको पहुँच त्यहाँ नपुराएको र त्यो बाटोसम्म सहज पुर्याउनका निम्ति जसपा नेपालले विशेष पैरवीको साथ राज्यलाई झकझकाउँदै यसतर्फ पार्टी निरन्तर लागिपरेको विषयमा आफ्नो भनाइ उल्लेख गरेका थिए।
साथै बागमती प्रदेश नेवार र ताम्सालिङ प्रदेश घोषित गरेता पनि त्यो व्यवहारिकतामा खासै कार्यान्वयन नदेखिएको अब त्यसलाई व्यवहारिकतामा पनि ल्याउनुपर्ने कुरामा केन्द्रीय उपाध्यक्ष बज्राचार्यले आफ्नो भनाईहरुमा विशेष जोड दिएका थिए। अब बागमती प्रदेशले नेवार र तामाङ समुदायको भाषिक लिपिलाई पनि विशेष प्राथमिकता दिनुपर्छ र यसलाई व्यवहारिकतामा वा कार्यान्वयनतर्फ ल्याउनका निम्ति यस पार्टी अग्रसर भूमिकामा रहने कुरामा पनि आफ्नो भनाइ व्यक्त गरेका थिए।
सँगसँगै अन्तमा केन्द्रीय उपाध्यक्ष भद्रचार्य भन्छन् : हाम्रो यस पार्टी जनता लक्षित रहेको एउटा पार्टी हो। हामी विशुद्ध जनताको पक्षमा छौँ। जनतालाई यो महसुस हामीले गराउनु छ, कि आज बुझाएको बजेट माग सम्बन्धमा राखेको ध्यानाकर्षण पत्रबारे के कस्तो भइरहेको छ भन्ने विषयमा पनि जिल्लागत रुपमा रहेका नेता गणहरू पनि सोही अनुसार झकझकाउँदै लागि पर्न पनि विशेष अनुरोध गरेका छन्।

मकवानपुर जिल्लाका केन्द्रीय सदस्य रहेका मेजरमान मुक्तानले आज जनताको चासो र आवश्यकता रहेका भौतिक मन्त्रालय अन्तर्गत रहेका विषयका आधारलाई मूलधार प्राथमिकतामा राखी १३ ओटै जिल्लालाई लक्षित गरी ८१/८२ को बजेटलाई माग गर्दै १३ ओटै जिल्लाको माइनोट तयार पारी मुख्यमन्त्री कार्यालयमा बुझाउन सफल भएको जानकारी दिएका छन्। उनी भन्छन्रा : “राजनीतिक भनेको एउटा सङ्ख्याले भन्दा पनि मूलभूत पार्टीको विचारले कैद गर्ने हो। यस अर्थले हरेक कुराहरूमा विचारले जसपा नेपाल एउटा नम्बर वान उत्कृष्ट एउटा पार्टी हो।”
मकवानपुर जिल्लाका केन्द्रीय सदस्य मोक्तान भन्छन्: विचार भनेको सबै जातजाति,भाषाभाषी सबैको भावनालाई र भूगोललाई समेत समेटेर जाने एउटा नयाँ फर्मुला पनि हो। जुन फर्मुला बिना नेपालमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सक्दैन। जुन कुरा हाम्रो यस पार्टी जसपा नेपालले विशेष अपनाएको छ,उनले भने।
नेपालमा पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने नेपालमा धेरै कुराहरूको राजनीतिक परिघटनाको कायपलट हुँदै आइरहेको छ। नेपालमा भएका प्रत्येक राजनीतिक दलहरूले जनतालाई र अझ भनौं जनतामुखी विभिन्न तन्त्र, जुन विभिन्न घटनाक्रमहरूलाई आन्दोलन गर्दै ल्याएका जोलन्त त्यस्ता उदाहरणहरु धेरै रहेका छन् तर नेपालमा जुनै तन्त्र र गणतन्त्र र संघीय गणतन्त्र र लोक तन्त्र सुव्यवस्था कायम कायम भएतापनि जनताले असली राजनीतिक दलहरुले राखेको वा ल्याएको तन्त्रको राम्रो अनुभूति भने गर्न सकेको अवस्था छैन, उनले भने।
नेपालमा अझै पनि त्यस्तो भेदभाव विद्यमान रहेको छ। जस्तै जातीय भेदभावहरू र धनी गरिब जस्ता अन्तरका खाडलहरू यथावत नै छ। नेपालका नाम चलेका काङ्ग्रेस वा कम्युनिस्ट पार्टीहरूले यी विषयवस्तुहरुलाई अझ पनि निर्मूल पार्न भने सकिरहेको अवस्था छैन। नेपालमा रहेका सबै पार्टीहरूले यी विषयवस्तुहरूलाई मूलभूत बनाएर जब सम्म अघि बढ्न सक्दैन तबसम्म नेपालको दिगो विकास गर्न सक्दैन भनेर केन्द्रीय सदस्य मुक्तानले आफ्नो भनाइ मार्फत उल्लेख गरेका छन्।
साथै आज सम्पन्न गरिएको समीक्षामुखी औपचारिक कार्यक्रममा भने जसपा नेपालका केन्द्रीय नेता प्रदेश अन्तर्गत नेता जिल्ला र जिल्ला बाहिरका विशिष्ट नेतागणहरूले पनि आज बुझाएको बजेट माग सम्बन्धमा राखिएको ध्यानाकर्षण पत्रबारे टिका टिप्पणी र अब आउने दिनहरुमा पार्टीले एउटा सशक्त एक ढिक्का भएर मिलेर अगाडि बढ्ने विषयहरूमा सबैले आफ्ना मत सहित आफ्नो भनाइहरू उल्लेख गरेका थिए।














