नवलपरासीबाट बलात्कार आरोपमा एक जना पक्राउ

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले प्रतापपुर गाउँपालिका–९, माधवपुरका ४५ वर्षीय राम सहरे यादवलाई पक्राउ गरेको हो। उनलाई ४० वर्षीया एक महिलाको बलात्कार गरेको उजुरीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.