इन्द्रबहादुर बानिया बागमती प्रदेशको छैठौ मुख्यमन्त्री बन्न सफल

हेटौंडा। आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पद तथा गोपनीयताको शपथ गरेका छन्। मुख्यमन्त्री बानियालाई प्रदेश प्रमुख टिकाप्रसाद देवकोटाले आज दिउँसो मुख्यमन्त्रीको शपथ ग्रहण गराएको हो।

जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री बनेको हिसाबले बानिया छैटौँ मुख्यमन्त्री प्रदेशका बन्न सफल भएका हुन्। बानिया नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति रहेको हिसाबले उनले सोमबार नै नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा मै गठबन्धन सरकारको निर्माण गर्ने दाबी पेश गरेका थिए। सोही अनुरूप उनले ११० सदस्य प्रदेशसभामा र दुई दलका कुल ६४ सांसदहरूको समर्थन लिन सफल भएको थियो।

अहिलेसम्म बागमती प्रदेशका मुख्यमन्त्री बन्नेहरूमा डोरमणि पौडेल,अष्टलक्ष्मी शाक्य,राजेन्द्र प्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा यसअघि नै प्रदेशका मुख्यमन्त्री बनिसकेका छन्। यसरी मुख्यमन्त्री बन्नेहरूको हिसाबले बानिया यसपटकको छैठौँ मुख्यमन्त्री प्रदेशका गठबन्धन सरकार बनाउन सफल भएको हो।

बानियाले आफू मुख्यमन्त्रीको शपथ ग्रहण गरिसकेपछि छिट्टै नै अन्य मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी रहेको कुरा पनि जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.