“संरचनागत परिवर्तनबिनाको अनुहार फेरबदल व्यर्थ, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको माग” – पत्रकार महासङ्घ बागमती अध्यक्ष मगर

हेटौंडा, भदौ २५ गते । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्णसार मगरले अहिलेको कर्मचारीतन्त्र, न्यायालय र मिश्रित निर्वाचन प्रणाली यथावत रहँदा संसदमा अनुहार परिवर्तन मात्रले केही उपलब्धि नहुने बताएका छन्।

उनका अनुसार मुलुकमा वास्तविक परिवर्तनका लागि यी तीनै तहको संरचना परिमार्जन गरी देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा लैजान अपरिहार्य भएको छ। मगरले शक्तिशाली आयोग गठन गरी २०४६ सालयता सरकार र कर्मचारी नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए।

“अब देश युवाले चलाउनुपर्छ, सेनाले हैन। हतारमा कुनै सम्झौता गर्न हुँदैन,” उनले सामाजिक सञ्जालमा हालिएको स्टाटसलाई उद्धृत गर्दै भने।

पूर्व राजा ज्ञानेन्द्रले पनि सम्मानका साथ राजगद्दी त्यागेको उदाहरण दिँदै उनले दलका कार्यकर्ताहरूलाई दलभन्दा माथि उठ्न आग्रह गरे। साथै, आन्दोलनमा रगतले आहुति दिएका युवाहरूलाई ‘रेड सेल्युट’ अर्पण गर्दै उनको योगदानलाई स्मरणीय बनाउनुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.