काठमाडौं, भदौ २५ गते । नेपाली सेनाले नेपालमा रहेका विदेशी नागरिकहरूलाई आपतकालीन वा जटिल परिस्थितिमा नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीहरूसँग तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जारी गरेको सूचनामा उद्धार तथा अन्य सहयोगको आवश्यकता परेमा नजिकको सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
साथै, विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न पनि अनुरोध गरिएको छ।
सूचनामा विशेषगरी अल्प समयमै उद्धार लगायत कुनै पनि सहयोगको आवश्यकता परेमा सुरक्षाकर्मीमार्फत समन्वय गर्न आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 141












