“संविधानविहीन अवस्थामाझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा तछाडमछाड नगर्नुहोस् : जेन जि युवा लक्ष्मण तामाङको भावुक आग्रह”

हेटौंडा, भदौ २५ गते । देश अस्थिर र संवैधानिक सङ्कटको अवस्थामा पुगेको सन्दर्भमा जेन जि पुस्ताका लक्ष्मण तामाङले सामाजिक सञ्जालमार्फत निकै भावुक हुँदै आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

उनी रुँदै भने, “साथीहरू मेरो विनम्र अनुरोध छ, अहिले यो देश कानुनविहीन र सरकारविहीन अवस्थामा छ। यस्तो परिस्थितिमा सामाजिक सञ्जालमार्फत कोही बालेन, कोही हर्क साम्पाङ वा कोही कुलमान घिसिङलाई प्रधानमन्त्री भनेर अगाडि नबढौँ। बरु सबै मिलेर अन्तरिम सरकार गठन गरौँ।”

उनले चाँडैभन्दा चाँडो अन्तरिम वैकल्पिक सरकार गठन गरी आठ महिनाभित्र चुनाव गराउनुपर्ने आवश्यकता औंल्याए। उनले चेतावनी दिँदै भने, “यदि चाँडो निर्णय गरिएन भने विदेशी शक्तिको चलखेल बढ्न सक्छ र त्यसपछि नेपाल नै संकटमा पर्न सक्छ।”

देशभित्रको अस्थिरता विदेशमा रहेका नेपालीको मनमा पनि पीडा थपिरहेको उनले उल्लेख गरे। “हामी परदेशी विदेशमा छौँ, तर नेपाल जलिरहेको अवस्था देख्दा हाम्रो मन पनि जलिरहेको छ। तसर्थ, सामाजिक सञ्जालमा तछाडमछाड नगरी एकताको खाँचो छ,” लक्ष्मणले भने।

लक्ष्मण तामाङले अन्त्यमा आफ्ना साथीहरूलाई भावुक अनुरोध गर्दै भने, “मेरो विनम्र आग्रह छ, अहिलेको विषम परिस्थितिमा तछाडमछाड नगरौँ, बरु सबै एक भएर देशलाई जोगाऔँ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.