“विदेशी हस्तक्षेपबिना राष्ट्रिय स्वार्थका लागि आएको हुँ, पारदर्शी नेतृत्व गर्न सक्षम छु : मेयर हर्क साम्पाङ”

काठमाडौं, भदौ २५ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भिडियो सन्देशमार्फत हालका विवाद र मतभेदबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले हजारौँ युवाहरूको विशेष अनुरोध र आग्रहलाई सम्बोधन गर्दै व्यक्तिगत स्वार्थ नभई राष्ट्रिय स्वार्थका लागि काठमाडौँ आएको स्पष्ट पारेका छन् ।

साम्पाङले भने, “यो मेरो रहर वा स्वार्थको कुरा होइन। यो देशलाई बचाउनुपर्ने परिस्थिति आएको छ। विदेशीहरूको हालीमुहाली हुनु हुँदैन। युवाहरूको साथ र समर्थनले म लुकेर बस्न सक्दिन, त्यसैले म नेतृत्व गर्न तयार भएर आएको हुँ।”

उनले हालै सेनाप्रमुखसँग पनि कुराकानी गरेको जानकारी दिँदै विभिन्न समर्थन र सिफारिसको हल्ला अनावश्यक रहेको बताए। बालेन शाह वा सुशीला कार्कीलाई समर्थन गर्ने प्रश्नमा साम्पाङले भने, “कसले कसलाई समर्थन गर्‍यो भन्ने मेरो चासोको कुरा होइन। मैले आफैं नेतृत्व गर्छु भनेर आएको हुँ।”

भ्रष्टाचार, कुरिति र अव्यवस्थाबाट देशलाई निकास दिई सुशासन र उन्नतितर्फ डोर्‌याउन सक्ने स्पष्ट भिजन आफूसँग रहेको दाबी गर्दै साम्पाङले भने, “यो देशलाई चाहिने मानिस म नै हुँ। यदि तपाईंहरू सहमत हुनुहुन्छ भने मलाई साथ र समर्थन दिनुहोस्।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.