गढी,बैतडी, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय गढी बैतडीले देशभर लागू गरिएको सुरक्षा व्यवस्थासम्बन्धी नेपाली सेनाको सार्वजनिक अपिलअनुसार जिल्लामा पनि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले जानकारी दिएको अनुसार आज भाद्र २६ गते बेलुकी ५ बजेदेखि भोलि बिहान ७ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। साथै, भाद्र २७ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी हुनेछ।
प्रशासनले परिस्थितिको विश्लेषणको आधारमा आवश्यकतानुसार थप सूचना सार्वजनिक गर्ने जनाएको छ। आम सर्वसाधारणलाई आदेशको पालना गर्न र सुरक्षामा सहयोग पुर्याउन आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 113














