विजयनगर गाउँपालिकामा तोडफोड–आगजनीमा संलग्न १६ जना पक्राउ

कपिलवस्तु, भदौ २६ गते । विजयनगर गाउँपालिकामा तोडफोड र आगजनीमा संलग्न १६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको कुर्सी र केही कागजात बाहिर निकालेर जलाउँदै गर्दा इलाका प्रहरी कार्यालय गणेशपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये विजयनगर गाउँपालिका–७ का २१ वर्षीय विक्कु चौधरी, २८ वर्षीय विवेक चौधरी, ६० वर्षीय राजेन्द्र यादव, २१ वर्षीय लबुकस पाल र १८ वर्षीय महेन्द्र गिरी रहेका छन्। त्यस्तै, वडा नम्बर ७ लालपुरका २२ वर्षीय मुखलेस चौधरी, १६ वर्षीय मोनु पासी, २१ वर्षीय सुरेश कुर्मी, १९ वर्षीय जितेन्द्र चौधरी, २८ वर्षीय अभिषेक कुर्मी, २८ वर्षीय गोविन्द चौधरी र ३५ वर्षीय लाला चौधरी पक्राउ परेका छन्।

यस्तै, धनधराका २७ वर्षीय प्रवेश चौधरी, जुगुनियाका २९ वर्षीय दिलीपकुमार चौधरी, ठकुरापुरका २६ वर्षीय दिपेन्द्रकुमार कुर्मी र कृष्णनगर नगरपालिका मोतीपुरका २६ वर्षीय वीरेन्द्र यादव पनि पक्राउ परेका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार पक्राउ परेका सबैलाई अहिले हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.