मकवानपुर, अशोज ५ गते । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सचिवालयको चौथो पूर्ण बैठक आज भर्चुअल माध्यमबाट बसेको छ । बैठकमा जेन्जी आन्दोलनको मर्म, महत्त्व, सार्थकता र उपलब्धि सम्बन्धी गम्भीर छलफल भएको छ ।
बैठकको सुरुवातमा नेपालका विभिन्न आन्दोलनका साथै जेन्जी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै जिन्जी आन्दोलनको क्रममा घाइते भएका जेन्जी पुस्तालाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । साथै पछिल्लो समयमा देशमा उत्पन्न संकट र यसको समाधानका वैकल्पिक पाटाहरुको विषयमा पनि छलफल भएको छ ।
जेन्जी बिद्रोहलाई संस्थागत गर्दै जेन्जिको नाममा भएको बितन्ड, लुटपात, हिंसात्मक कार्यलाई कानुनको दायरामा ल्याएर दण्डित गराउन अन्तरिम सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको । साथै क्रान्तिकारी जेन्जी पुस्तालाई गोलबन्द गरि देश र जनताको भविष्य निर्माणमा जुट्ने निर्णय समेत गरेको छ ।
जिल्ला सेक्रेटरी पेमा सीको अध्यक्षतामा सन्चालित बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीको प्रमुख आतिथ्यता रहेको छ । आइतबार साँझ भर्चुअल माध्यमबाट बसेको बैठकले आगामी दिनमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।














