२०८२ आश्विन ५, आईतवार २२:४३
२०८२ आश्विन ५, आईतवार २२:४३
काठमाडौं, असोज ५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने युनिट कप टि–२० अन्तर्राष्ट्रिय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गर्ने भएको छ। क्यानका अनुसार सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाल र वेस्ट इन्डिजबीच ४ खेलको सिरिज अन्तर्गत टि–२० अन्तर्राष्ट्रिय खेल हुने कार्यक्रम छ। यस खेलका लागि नेपाली टोलीको युएई प्रवेश भिसा प्राप्त भइसकेको क्यानले जनाएको छ। टोली असोज ६ गते (सेप्टेम्बर २२) युएई प्रस्थान गर्ने कार्यक्रम तय गरिएको क्यानका प्रवक्ता छुबी लामाले जानकारी दिएका छन् ।