पत्रकार दिवाकर शाहको सनसनीपूर्ण खुलासा : “देश विदेशी कब्जातर्फ, मध्यरातमा दूतावासका गाडीहरू प्रधानमन्त्री निवास पुग्छन्

काठमाडौं, अशोज २५ गते । खोजमूलक पत्रकारितामा सक्रिय पत्रकार दिवाकर शाहले एक सनसनीपूर्ण तथ्य सार्वजनिक गर्दै देश अब विदेशी शक्तिको चङ्गुलमा फस्न लागेको गम्भीर दाबी गरेका छन्। मध्यरातमा प्रधानमन्त्री सुशील कार्कीको निवासमा ‘दूतावासका गाडीहरू’ प्रवेश गर्ने गरेको उल्लेख गर्दै शाहले यस विषयमा तत्कालीन सिसीटिभी फुटेज सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

पत्रकार शाहका अनुसार पछिल्ला राजनीतिक घटना र आन्दोलनका क्रममा देशभित्र विदेशी चलखेल तीव्र रूपमा बढ्दै गएको छ। उनले भने, “देशलाई प्रयोगशालाको रूपमा प्रयोग गर्न खोजिएको छ। केही आइएनजी व्यक्तिहरू ‘जिन जि’ नाममा नेतृत्व भूमिकामा देखिँदैछन्, जसले देशलाई रणभूमि बनाउन खोजिरहेका छन्।”

शाहले आफू २३ र २४ गतेका ‘जिन जि आन्दोलन’का घटनाहरू प्रत्यक्ष नियालेको बताउँदै ती घटनामा संलग्न व्यक्तिहरू र कालो पोशाकमा रहेका समूहको वास्तविकता अझै लुकाइएको आरोप लगाए। “२४ गतेका ती व्यक्तिहरू को थिए, किन कालो कपडा लगाइएको थियो — त्यो सार्वजनिक गर्न कोही तयार छैन,” उनले भने।

दिवाकरले आफ्नो जीवनमाथि खतरा रहेको जनाउँदै भनेका छन्, “म सत्य बोलिरहेको छु, त्यसैले अब म उनीहरूको टार्गेटमा परिसकेको छु। यदि म सुरक्षित रहँदै प्रमाण जुटाउने अवसर पाएँ भने, ती सबै यथार्थ उजागर गर्नेछु।”

उनले थपे, “मेरो पत्रकारिता सधैं भ्रष्टाचार र देश बेच्ने तस्करहरूमाथि केन्द्रित रह्यो। म मातृभूमिको नुन खाएको पत्रकार हुँ, झुट बोल्दिन। अब सबैले एक नागरिकको हैसियतबाट भ्रष्टाचारविरुद्ध उठ्नुपर्छ। देश रहे हामी रहन्छौं।”

शाहले आफ्नो वक्तव्य कुनै ‘भ्युज’ वा ‘टिआरपी’का लागि नभई जनतालाई यथार्थ जानकारी दिन गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार यो विषयलाई अफवाह ठान्नु गम्भीर भूल हुनेछ, किनकि यो “ध्रुव सत्यमा आधारित कुरा” हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.