काठमाडौं, अशोज २७ गते । एमालेकी जेनजी नेतृ एक कार्यक्रममा ‘टङ स्लिप’ का कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन्। कार्यक्रममा बोल्दै उनले ‘जागरण सभा’ भन्नुपर्ने ठाउँमा ‘सधारणसभा’ र ‘घोर भत्सर्ना गर्दछु’ भन्नुपर्ने ठाउँमा ‘घोर भ्रष्टाचार गर्दछु’ भनेकी थिइन्।
उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनीप्रति टीका–टिप्पणी र व्यङ्ग्यको वर्षा भएको थियो।
सामाजिक सञ्जालमा आलोचनाको सामना गरेपछि उनले सार्वजनिक रूपमा माफी माग्दै भनिन्, “मैले कहिल्यै कार्यक्रममा बोलेकी थिइनँ। नियतबस वा नजानेर होइन, पहिलो पटक भएकाले हस्तोत्साहित भएकी थिएँ।”
उनले आफ्नो गल्तीप्रति खेद प्रकट गर्दै भनिन्, “यो केवल ‘टङ स्लिप’ थियो, न कि कुनै नियोजित कुरा।” साथै उनले सामाजिक सञ्जालका आलोचनाले आफू विचलित नहुने बताइन्।
आफू पनि ‘जेनजी’ पुस्ताकी भएकी नेतृले भनेकी छन्, “जेसुकै नाममा हुने अराजकताको म सधैँ विरोध गर्छु।”














