२०८२ आश्विन २७, सोमबार १८:५७
२०८२ आश्विन २७, सोमबार १८:५७
काठमाडौं, अशोज २७ गते । गाजाको युद्धभूमिमा नेपाली युवा विपिन छुटेका खबरसँगै सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। यस्तै सन्दर्भमा "हर्क साम्पाङ A Revolution ID" नामक सामाजिक सञ्जाल खाताबाट एउटा भावनात्मक भनाइ सार्वजनिक भएको छ— “नेपालका लाखौं युवाहरू रोजगारी र भविष्यको खोजीमा विदेशिएका छन्। तर ती मध्ये कति जना सुरक्षित छन्, र कति जना भेडा–बाख्राझैं अपमान र कठोर श्रम सहँदै सडिरहेका छन् भन्ने प्रश्न अनुत्तरित छ।” पोस्टमा वैदेशिक रोजगारमा जाने नेपालीहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भनिएको छ कि—सरकार तथ्यांकमा मात्रै सीमित भएको छ, तर ती तथ्यांकभित्र लुकेका “पीडा, आँसु र रगतका कथा” को कुनै हिसाब छैन। हरेक वर्ष सयौँ नेपाली…