सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

काठमाडौं, अशोज २७ गते । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले सिंहदरबार लगायतका सरकारी भवनहरूमा भएको आगजनी सम्बन्धी घटनाबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले उक्त घटनालाई इतिहासकै कालो र हृदयविदारक दिनको संज्ञा दिँदै नेपाली सेनाको निर्णयलाई विवेकपूर्ण करार दिएका छन्।

मिश्रले लेखेका छन्,

“सिंहदरबार लगायत कयौँ भवनहरू जसरी दनदनी बले, त्यो केवल जन-आक्रोशको परिणाम थिएन भन्ने न्यूयोर्क टाइम्सको रिपोर्टपछि लगभग प्रष्ट भएको छ। सेनाले किन सिंहदरबार बचाउन सकेन भनेर उठिरहेका प्रश्नबारे एउटा कुरा भन्न चाहन्छु — यदि नेपाली सेनाले सिंहदरबार बचाउन Warning Shot मात्र नहानेर साँच्चिकै गोली चलाएको भए कम्तिमा केही दर्जनको ज्यान जाने थियो।”

उनले थप लेखेका छन्,

“त्यसपछि अहिले सेनाले किन सिंहदरबार बचाउन सकेन भनेर प्रश्न गर्नेहरूले नै ‘सेनाले किन गोली चलायो?’, ‘हत्यारा सेनालाई कारबाही गर’ भन्ने थिए। त्यसैले सेनाले भौतिक संरचना जोगाउनका लागि मानवीय क्षति हुन नदिनु विवेकपूर्ण निर्णय हो।”

मिश्रका अनुसार नेपाली राष्ट्रियताका तीन प्रमुख खम्बा — सिंहदरबार (कार्यपालिका), संसद (व्यवस्थापिका) र सर्वोच्च अदालत (न्यायपालिका) मा आगो लगाइनु देशकै दुर्भाग्यपूर्ण र दुखद क्षण हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.