नवलपुरमा बिरामी गैंडा मृत फेला, यो सिजनमा पाँचौं गैंडाको मृत्यु

नवलपुर, कार्तिक ८ गते । नवलपुरको देवचुली–१७ स्थित आँपको बगैंचामा करिब ३० देखि ३२ वर्ष उमेरकी पोथी गैंडा मृत अवस्थामा फेला परेकी छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार उक्त गैंडा केही समयदेखि बिरामी थिइन् र नियमित उपचार भइरहेको थियो। उपचारका क्रममा नै उनको मृत्यु भएको अनुमान गरिएको छ।

निकुञ्जका अनुसार घटनास्थलमा गैंडाको खाग र खुर सुरक्षित अवस्थामा भेटिएको छ। यो सिजनमा मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ।

हाल निकुञ्जमा ६ सय ९४ वटा एकसिंगे गैंडा रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.