मुस्ताङ, कार्तिक १४ गते । मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिउँपातका कारण फसेका १५ जना पर्यटकलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ।
सेनाको उद्धार टोलीले करिब ४,९०० मिटर उचाइमा अवस्थित बतासेडाँडा क्षेत्रमा फसेका ती पर्यटकहरूलाई सुरक्षितरूपमा जोमसोम पुर्याएको हो।

उद्धार गरिएकामध्ये ३ जना विदेशी नागरिक पनि रहेका छन्। ती सबै जनालाई हिमपातले आवतजावत रोकिएपछि कठिन अवस्थाबाट निकालिएको सेनाले जनाएको छ। उद्धार कार्य उच्च उचाइ, चिसो र हावाहुरीका बीचमा सम्पन्न गरिएको थियो।
नेपाली सेनाले आवश्यक उद्धार सामग्रीसहित तत्काल घटनास्थल पुगेको र सबै पर्यटकलाई सुरक्षित रूपमा जोमसोम पुर्याएपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 123














