संखुवासभा, कार्तिक १४ गते । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–३ देवदास चौतारामा बसोबास गर्ने ५८ वर्षीया एक बिरामी महिलाको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।

रणदल गुल्मीबाट खटिएको नेपाली सेनाको टोलीले ती बिरामीलाई देवदास चौताराबाट उद्धार गरी थप उपचारका लागि वरुण दोभानसम्म पुर्याएको हो।

दुर्गम र कठिन भू–भागमा बसोबास गर्ने ती महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि स्थानीयको अनुरोधमा सेनाको टोली खटाइएको थियो। नेपाली सेनाले मानवीय सहयोगका कार्यहरूलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका नागरिकहरूको सेवा र सुरक्षामा आफ्नो उपस्थिति जनाउँदै आएको छ।

प्रतिकृया दिनुहोस्
Post Views: 117














