हेटौँडाको ४ नं. वडा सुरक्षित र व्यवस्थित सहरको नमुना बनाउन प्रतिबद्ध: अध्यक्ष सिग्देल

हेटौंडा, मंसिर ५ गते । हेटौंडा उपमहानगरपालिका–४ लाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरको नमुना बनाउने लक्ष्यसहित विभिन्न योजनाहरू अघि बढाइँदै गरेको वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन्।

मित्रनगर टोल विकास संस्थाको २०औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले वडाभित्रका सडक, पेटी, ढल व्यवस्थापनदेखि हरियाली प्रवर्द्धन, सरसफाइ, सुरक्षासम्बन्धी पूर्वाधार र उज्यालो कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन भइरहेको जानकारी दिए।

अध्यक्ष सिग्देलका अनुसार लोकतान्त्रिक चौतारी (हुप्रा) प्रदेश राजधानीको पहिचान बोकेको महत्वपूर्ण क्षेत्र भएकाले यसलाई सफा, सुन्दर, सुरक्षित र पूर्ण रूपमा उज्यालो क्षेत्रका रूपमा विकास गर्ने काम तीव्र गतिको अवस्थामा छ। उनले हुप्रा क्षेत्र आसपासका सडकहरूलाई व्यवस्थित रूपमा निर्माण तथा सुधार गर्ने योजना पनि अघि बढाइएको बताए।

कार्यक्रम संस्थाका अध्यक्ष सुमित्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहाललगायतको विशेष उपस्थिति रहेको थियो।

सभाले सर्वसम्मत रुपमा सुमित्रा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पुनः चयन गर्दै साधारणसभा सम्पन्न गरेको जानकारी गराइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.