हेटौंडा–४ मा सडक स्तरीकरण अन्तिम चरणमा, २ सय घरधुरी लाभान्वित हुने

हेटौंडा, मंसिर ११ गते । हेटौंडा उपमहानगरपालिका–४ मा नगरविकास रोडदेखि हेटौंडा क्याम्पससम्मको सडक स्तरीकरण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ४ मिटर चौडाइ रहेको सडकलाई ६ मिटरमा विस्तार गर्ने, सडकबीचका विद्युत् पोल सार्ने तथा दुबै तर्फ खानेपानी र ढल व्यवस्थापन गर्ने काम पूरा भइसकेको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिएका छन्।

उनका अनुसार सडक फराकिलो बनाउन तथा निर्माण कार्य सहज बनाउन घरअगाडिको भाग सहयोग स्वरूप उपलब्ध गराउने स्थानीयवासीप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ। ढल निर्माणसमेत सम्पन्न भएपछि करिब २ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने र सडकमा पानी जमेर आवत–जावतमा पर्ने समस्या समाधान हुने वडाध्यक्ष सिग्देलले बताएका छन्।

हजारौँ विद्यार्थी र सर्वसाधारणले दैनिक रुपमा प्रयोग गर्ने यस सडक विस्तारले सिंगो क्षेत्रको यातायात सहज, सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.