हेटौंडा, मंसिर १४ गते । आगामी मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुन गइरहेको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मकवानपुर जिल्लाबाट प्रतिनिधिहरूको चयन सम्पन्न भएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि बन्न सफल सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई व्यक्त गर्दै, उनीहरूको आगामी भूमिका देश, पार्टी र संगठनिक आवश्यकताअनुसार सशक्त रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।
मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिमा चयन भएका कमरेडहरू:
– क. नवीन सिग्देल (खुल्ला)
– क. सुनिल मोक्तान (खुल्ला)
– क. फुर्बा दोर्जे लामा (खुल्ला)
– क. अणराज जर्गा मगर (खुल्ला)
– क. आरती पाठक (महिला)
– क. सीता बिष्ट (महिला)
– क. बिना कुमारी थिङ (खुल्ला)
– क. बोल ब. कार्की (युवा)
– क. देवकृष्ण बिकल (विश्वराज) (दलित)
त्यस्तै मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधि चयन भएकाहरू:
– क. एका लाल श्रेष्ठ (खुल्ला)
– क. बलराम बल (खुल्ला)
– क. हिदम लामा (खुल्ला)
– क. बिदुर हुमागाई (खुल्ला)
– क. सुमित्रा काफ्ले (महिला)
– क. भगवती पुडासैनी (खुल्ला)
– क. गीता प्रजा (खुल्ला)
– क. सिंगराम लामा (रोहन) (युवा)
महाधिवेशनलाई सफल, अनुशासित र गौरवपूर्ण बनाउन मकवानपुरको सक्रियता र प्रतिनिधिहरूको उपस्थितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।














