मनहरी, मंसिर १४ गते । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वडाध्यक्ष राजकुमार पाख्रीनकी हजुरआमा सिर्जा माया पाख्रीनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। समूहले शोकग्रस्त परिवारजनसँग भेटघाट गरी समवेदना व्यक्त गर्दै औपचारिक रुपमा श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको हो।
वि.सं. १९८३ मंसिर १९ गते जन्मिएकी सिर्जा माया पाख्रीनको वि.सं. २०८२ कार्तिक २३ गते ९९ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ। उनी मनहरी गाउँपालिका–२ अन्तर्गत पर्ने मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष तथा हालका वडाध्यक्ष राजकुमार पाख्रीनकी हजुरआमा तथा गणेश बहादुर पाख्रीन र कल्पना पाख्रीनकी आमा थिइन्।
श्रद्धाञ्जली पत्र समूहका सचीव सुर्य बहादुर गोलेले वाचन गरी समूहका अध्यक्ष दिनेश गोङ्बाले छोरा गणेश बहादुर पाख्रीन र नाती राजकुमार पाख्रीनलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा समूहका पदाधिकारी तथा सर्वसाधारण सदस्यहरूको सहभागिता रहेको थियो।














