हेटौडा बजारको राजमार्ग विस्तार सम्पन्न, मेयर मिना लामाको प्रतिबद्धता– ‘पीडितको क्षतिपूर्ति र पुनर्निर्माणमा नगरपालिका जिम्मेवार’

हेटौँडा, मंसिर २१ गते । हेटौडा बजारभित्र पर्ने राजमार्गको सडक विस्तार कार्य असामान्य चुनौतीका बीच सम्पन्न भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ। मेयर मिना लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्थानीय नागरिक, बागमती प्रदेश सरकार, संघीय मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रजिअ, सडक डिभिजन हेटौडा, सुरक्ष निकाय, स्थानीय युवादेखि जनप्रतिनिधिसम्म सबैलाई आभार प्रकट गरेकी छन्।

सडक विस्तारका क्रममा घर तथा संरचना भत्किँदा प्रभावित भएका नागरिकले भोगेको क्षतिलाई न्यूनिकरण गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेको मेयर लामाले बताइन्। उनका अनुसार पीडितहरूको उचित क्षतिपूर्तिको लागि संघीय तहका विभिन्न निकायसँग निरन्तर समन्वय गरिएको छ।

उनीले प्रभावितलाई लक्षित गर्दै धेरै महत्वपूर्ण घोषणासमेत गरेकी छन्।

* घर तथा संरचना पुनर्निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गर्ने
* नक्सापासका कानुनी प्रक्रिया द्रुतमार्गबाट अघि बढाइ सहज बनाउने
* प्रभावित व्यवसायीलाई व्यवसाय कर छुटको पहल
* आवासविहीन बनेकालाई आवास व्यवस्थापनको कदम
* २,००० वर्गफिटसम्मको नक्सा पास दस्तुर छुट
* व्यवसाय निरन्तरता दिन सरोकारवालासँग छलफलमार्फत समाधान खोज्ने

उनका अनुसार हेटौडा नगरलाई विशिष्टीकरण गर्न सडक विस्तारसँगै ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचनाको पुनर्निर्माण पनि आवश्यक रहेको छ।

२०८२ मंसिर २१ मा बसेको कार्यपालिका बैठकले यी सबै विषय कार्यान्वयनका लागि नगरसभामा पेस गर्ने निर्णय गरेको उनले जानकारी दिएकी छन्।

मेयर लामाले भत्किएका संरचना छिटो पुनर्निर्माण गरी चौडा सडकसहित आधुनिक र नमुना हेटौडा सहर बनाउन सबैलाई एकजुट हुन समेत अपील गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.