सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

विराटनगर, पुस ६ गते ।सीमा सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई सम्मान गरेका छन्। प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी न्यूनीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो।

कार्यक्रमका संयोजक सत्यनारायण शर्माका अनुसार सशस्त्र प्रहरी बल नेपालको मूल उद्देश्यअनुसार सीमामा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, विभिन्न विकृति–विसंगति नियन्त्रण गर्न तथा आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउन खतिवडाको भूमिका प्रभावकारी र प्रेरणादायी रहेको छ। आफ्नो पदीय दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्दै उनले जनविश्वास जित्न सफल भएको शर्माले बताए।

कार्यक्रममा बोल्दै साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षा कायम राख्न सुरक्षाकर्मीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सेवाभावका साथ कार्य गर्न खतिवडालाई शुभकामना व्यक्त गरे।
त्यसैगरी समकालीन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा खतिवडाले आफ्नो कार्यक्षेत्रबाट पुर्‍याएको योगदान प्रशंसनीय रहेको भन्दै यसलाई सबैले अनुकरण गर्नुपर्ने धारणा व्यक्त गरे।

सम्मान ग्रहणपछि मन्तव्य राख्दै सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडाले संगठनले दिएको जिम्मेवारीलाई अक्षरशः पालना गर्दै आफ्नो कर्तव्य निर्वाह गर्दै आएको बताए। सञ्चारकर्मीहरूबाट सम्मानित हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी रूपमा सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.