शिक्षा र खेलकुद प्रवर्द्धन लक्ष्यसहित हेटौंडा–४ मा तेस्रो खेलकुद महोत्सव भोलिदेखि सुरु

हेटौंडा, पुस ९ गते । “हाम्रो अभियान शिक्षा र खेलकुदको प्रवर्द्धन” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा आयोजित तेस्रो खेलकुद महोत्सव २०८२ भोलिदेखि सुरु हुने भएको छ ।

महोत्सव अन्तर्गत नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता २०८२ साल पौष १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताले विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

खेलकुद महोत्सवको व्यवस्थापन शैक्षिक गुणस्तर सुधार समिति–४ ले गर्दै आएको छ भने सह–व्यवस्थापकको रूपमा श्री श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–४ रहेको छ ।

नगरभित्रका विभिन्न टिमहरूको सहभागिता रहने उक्त प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.