Day: २०८२ पुष ९, बुधबार २०:१९

शिक्षा र खेलकुद प्रवर्द्धन लक्ष्यसहित हेटौंडा–४ मा तेस्रो खेलकुद महोत्सव भोलिदेखि सुरु

शिक्षा र खेलकुद प्रवर्द्धन लक्ष्यसहित हेटौंडा–४ मा तेस्रो खेलकुद महोत्सव भोलिदेखि सुरु

हेटौंडा, पुस ९ गते । “हाम्रो अभियान शिक्षा र खेलकुदको प्रवर्द्धन” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा आयोजित तेस्रो खेलकुद महोत्सव २०८२ भोलिदेखि सुरु हुने भएको छ । महोत्सव अन्तर्गत नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता २०८२ साल पौष १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताले विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ । खेलकुद महोत्सवको व्यवस्थापन शैक्षिक गुणस्तर सुधार समिति–४ ले गर्दै आएको छ भने सह–व्यवस्थापकको रूपमा श्री श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–४ रहेको छ । नगरभित्रका विभिन्न टिमहरूको सहभागिता रहने उक्त प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभा पहिचान…
Read More
कालिका आधारभूत विद्यालयमा ४३औँ अभिभावक भेला, व्यवस्थापन समिति पुनः सङ्गीता वाइबाको नेतृत्वमा

कालिका आधारभूत विद्यालयमा ४३औँ अभिभावक भेला, व्यवस्थापन समिति पुनः सङ्गीता वाइबाको नेतृत्वमा

हेटौंडा, पुस ९ गते । हेटौंडा उपमहानगरपालिका–१३ मा रहेको श्री कालिका आधारभूत विद्यालयमा ४३औँ अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता वाइबाको अध्यक्षता र वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। भेलाबाट अध्यक्ष वाइबाको नेतृत्वमा सात सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधारका प्रयास तथा अभिभावक–विद्यालय सहकार्यका विषयमा प्रधानाध्यापक रामकृष्ण न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार विद्यालयमा हाल २३८ जना विद्यार्थी अध्ययनरत छन्। प्रतिवेदनमा ११…
Read More
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

हेटौंडा, पुस ९ गते । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आफ्ना निजी स्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ। विद्यालयले आफ्नै आन्तरिक स्रोतको प्रयोग गरी शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेटेको हो। कोष स्थापनाका अभियन्ता तथा जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले एक कार्यक्रमबीच सामाजिक सुरक्षा कोषका आबद्ध सदस्य कार्ड वितरण गतेको छ। सो अवसरमा उनले सामाजिक सुरक्षाले श्रमिकको भविष्य सुरक्षित बनाउने र सामुदायिक विद्यालयले देखाएको यो अभ्यास उदाहरणीय रहेको बताए। आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो सामुदायिक विद्यालयका रूपमा भुटनदेवी माविले नयाँ पहिचान बनाएको…
Read More
हेटौंडामा आदिवासी जनजाति महिला–किशोरीका अधिकारबारे प्रदेशस्तरीय दुईदिने तालिम सुरु

हेटौंडामा आदिवासी जनजाति महिला–किशोरीका अधिकारबारे प्रदेशस्तरीय दुईदिने तालिम सुरु

हेटौंडा, पुस ९ गते । आदिवासी जनजाति महिला तथा किशोरीमाथि हुने हिंसा र भेदभाव अन्त्यका लागि केन्द्रित दुईदिने प्रदेशस्तरीय तालिम बुधबारदेखि हेटौंडामा सुरु भएको छ। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीईडिएडब्ल्यू) तथा आधारभूत सिफारिस नम्बर ३९ का प्रावधानबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो। राष्ट्रिय महिला जनजाति महासंघ नेपालद्वारा आयोजित कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष निमि शेर्पाले गरेकी छन् भने पूर्व मन्त्री शन्त बहादुर चेपाङ प्रमुख अतिथिका रूपमा सहभागी छन्। बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला अधिकारकर्मी, सामाजिक अभियन्ता र सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ। तालिमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष शेर्पाले सीईडिएडब्ल्यू अन्तर्गत राज्यको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.