मनहरीमा सोनाम ल्होछारको अवसरमा छेरेङ्गै तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना

मनहरी, माघ ३ गते । मकवानपुरको मनहरीमा तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा ‘छेरेङ्गै तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ। मञ्जुश्री सम्वत् २८६२ (ता ल्हो घोडा वर्ष) को अवसरमा उक्त कार्यक्रम माघ ०४ गते मनहरी–७, समनटारमा सञ्चालन हुनेछ।

सोनाम ल्होछार मूल आयोजक समितिका संयोजक क्षेत्रबहादुर मोक्तानका अनुसार तामाङ संस्कृतिमा विशेष महत्व राख्ने छेरेङ्गै कार्यक्रम बाँचिरहोस्, फुलिरहोस्, शुभ रहिरहोस् तथा दीर्घायु र सुस्वास्थ्यको कामनासहित आशीर्वाद दिने परम्परासँग जोडिएको सांस्कृतिक विधि हो। उनले आफ्नो ठाउँ र टोलमा भेला भई सांस्कृतिक प्रस्तुति सहित छेरेङ्गै कार्यक्रम गरिने र सो अवसरमा दान–दक्षिणा एकै स्थानमा संकलन गर्ने चलन रहेको जानकारी दिए।

कार्यक्रममा परम्परागत तामाङ संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। आयोजक समितिले सबै समुदायलाई उपस्थित भई सांस्कृतिक उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.