काठमाडौँ, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन्।
मन्त्री खरेलले बुझाएको उक्त राजीनामा प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरिसकेकी छिन्। आउँदो माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले उनले आजै पद त्याग गरेको जनाइएको छ।
यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले पनि निर्वाचनकै तयारीका लागि राजीनामा दिइसकेका छन्। उम्मेदवारी दर्ता अघि नै मन्त्री पदबाट बाहिरिएर खरेल निर्वाचनको चुनावी मैदानमा होमिएका हुन्।
प्रतिकृया दिनुहोस्
Post Views: 103














