Day: २०८२ माघ ५, सोमबार २१:२७

निर्वाचन नजिकिँदै जाँदा मिडियाको भूमिका अझ गम्भीर हुन्छ : प्रेस काउन्सिल सदस्य बिडारी

निर्वाचन नजिकिँदै जाँदा मिडियाको भूमिका अझ गम्भीर हुन्छ : प्रेस काउन्सिल सदस्य बिडारी

हेटौंडा, माघ ५ गते । मुलुक निर्वाचनको संवेदनशील चरणतर्फ उन्मुख भइरहेका बेला सञ्चारमाध्यमहरूले जिम्मेवारी, संयम र सजगताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले जोड दिएका छन्। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन आचार-संहिता र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार-संहिताको पूर्ण पालना बिना व्यावसायिक पत्रकारिता सम्भव नहुने स्पष्ट पारे। दर्ता भई नियमअनुसार सञ्चालनमा रहेका सञ्चार माध्यमको संरक्षक निकाय प्रेस काउन्सिल भए पनि, कहिले काहीँ मिडियाकै कारण पीडित बन्न पुगेका सर्वसाधारणको पक्षमा समेत उभिनुपर्ने अवस्था आउने गरेको उनले बताए। यसले पत्रकारिता पेशामा आचार-संहिता पालनाको महत्व झन् बढाएको…
Read More
उम्मेदवारी मनोनयनमा तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी

उम्मेदवारी मनोनयनमा तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडौँ, माघ ५ गते । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा बाजा गाजा लगायत कुनै पनि प्रकारको तडकभडक नगर्न चेतावनी दिएका छन्। सोमबार आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा देखिने यस्ता गतिविधिहरू कानून र निर्वाचन आचार-संहिताले पूर्ण रूपमा निषेध गरेको स्पष्ट पारे। भण्डारीले आचारसंहिता उल्लंघन गर्ने जो–कोही विरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिँदै सबै उम्मेदवार तथा राजनीतिक दललाई निष्ठा पूर्वक आचार-संहिता पालना गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे। उनले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबी गर्दै निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न पनि सबैलाई आग्रह…
Read More
रास्वपाबाट चुनाव लड्ने भएपछि मन्त्री खरेलद्वारा राजीनामा

रास्वपाबाट चुनाव लड्ने भएपछि मन्त्री खरेलद्वारा राजीनामा

काठमाडौँ, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन्। मन्त्री खरेलले बुझाएको उक्त राजीनामा प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरिसकेकी छिन्। ​आउँदो माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले उनले आजै पद त्याग गरेको जनाइएको छ। यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले पनि निर्वाचनकै तयारीका लागि राजीनामा दिइसकेका छन्। उम्मेदवारी दर्ता अघि नै मन्त्री पदबाट बाहिरिएर खरेल निर्वाचनको चुनावी मैदानमा होमिएका हुन्।
Read More
वैकल्पिकताको खोलभित्र पुरानै प्रवृत्ति दोहोरिएको आरोप : रास्वपा मकवानपुरप्रति सामाजिक अभियन्ता विशाल राज महतको कडा आलोचना

वैकल्पिकताको खोलभित्र पुरानै प्रवृत्ति दोहोरिएको आरोप : रास्वपा मकवानपुरप्रति सामाजिक अभियन्ता विशाल राज महतको कडा आलोचना

हेटौंडा, माघ ५ गते । सामाजिक अभियन्ता तथा अध्यक्ष विशाल राज महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार छनोट प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै वैकल्पिक राजनीतिको नाममा पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा महतले मानव जातिको विवेक र चेतनालाई स्वार्थ, शक्ति पूजा र दास मानसिकताले ढाक्दै लगेको उल्लेख गरेका छन्। संगठनभित्र रहेर गलतलाई गलत भन्न सक्ने संस्कार हराउँदै जाँदा देशभर अनियमितता, भ्रष्टाचार र बेथिति क्यान्सरझैँ फैलिएको उनको भनाइ छ। उनले आफू वैकल्पिक भएको दाबी गर्ने रास्वपाले उम्मेदवार छनोटमा व्यापक चलखेल गरेको आरोप लगाउँदै अवसरवादी र माननीय पदलाई सेवाभन्दा लाभको साधन ठान्ने व्यक्तिहरूलाई टिकट दिइएको…
Read More
कोहलीको शतक पनि निष्फल, भारतीय मैदानमै न्युजिल्यान्डले रच्यो ओडीआई इतिहास

कोहलीको शतक पनि निष्फल, भारतीय मैदानमै न्युजिल्यान्डले रच्यो ओडीआई इतिहास

काठमाडौं, माघ ५ गते । भारतीय भूमिमा न्युजिल्यान्डले अन्ततः त्यो सफलता हात पारेको छ, जुन वर्षौंदेखि कल्पनामा सीमित थियो। हिजो सम्पन्न तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतलाई ४१ रनले पराजित गर्दै न्युजिल्यान्डले तीन खेलको शृंखला २–१ ले जित्यो र भारतमा पहिलोपटक ओडीआई सिरिज आफ्नो नाममा लेखायो। टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले सुरुदेखि नै आक्रामक खेल देखायो। ड्यारिल मिचेल र ग्लेन फिलिप्सको ब्याटबाट निस्किएको आतिशी रनवर्षाले भारतीय बलिङ आक्रमणलाई दबाबमा पार्‍यो। मिचेलले १३१ बलमा १५ चौका र ३ छक्कासहित १३७ रन जोडे भने फिलिप्सले ८८ बलमै १०६ रनको विस्फोटक शतक पूरा गरे। उनीहरूको उत्कृष्ट साझेदारीको बलमा न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट…
Read More
नेपालको राजनीति : आशा र निराशाको चक्रमा अल्झिएको यात्रा, नयाँ युगको प्रतीक्षामा जनता

नेपालको राजनीति : आशा र निराशाको चक्रमा अल्झिएको यात्रा, नयाँ युगको प्रतीक्षामा जनता

हेटौंडा, माघ ५ गते । नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, संघर्ष र आशाको चक्रमा घुमिरहेको देखिन्छ। सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार, नेपालले हरेक राजनीतिक परिवर्तनसँगै नयाँ आशा बोकेको भए पनि व्यवहारमा निराशा दोहोरिँदै आएको छ। जंगबहादुर राणाबाट सुरु भएको श्री ३ को शासनदेखि १०४ वर्षे राणाशासन, त्यसपछि २००७ सालको प्रजातन्त्रको उदय, २०१७ सालको पञ्चायती व्यवस्था, २०४६ सालको बहुदल, २०५२ सालको जनयुद्ध हुँदै २०६२/६३ को जनआन्दोलन र गणतन्त्रसम्म आइपुग्दा सत्ता परिवर्तन भए तर जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन हुन नसकेको महतको भनाइ छ। २०७२ सालमा जारी संविधानले संघीयता, समावेशिता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.