काठमाडौँ, माघ ५ गते । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा बाजा गाजा लगायत कुनै पनि प्रकारको तडकभडक नगर्न चेतावनी दिएका छन्। सोमबार आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा देखिने यस्ता गतिविधिहरू कानून र निर्वाचन आचार-संहिताले पूर्ण रूपमा निषेध गरेको स्पष्ट पारे।
भण्डारीले आचारसंहिता उल्लंघन गर्ने जो–कोही विरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिँदै सबै उम्मेदवार तथा राजनीतिक दललाई निष्ठा पूर्वक आचार-संहिता पालना गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे। उनले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबी गर्दै निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न पनि सबैलाई आग्रह गरे।
प्रतिकृया दिनुहोस्
Post Views: 111













