निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

काठमाडौँ, फागुन ५ गते । नेपाल पत्रकार महासंघले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आमसञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकारिताको सिद्धान्त तथा पत्रकार आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

महासंघले निर्वाचनको समयमा मिथ्या सूचना, अप्रमाणित समाचार र अनुमानमा आधारित सामग्रीले मतदातालाई प्रभावित पार्न सक्ने जोखिम रहने उल्लेख गर्दै यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारिएको छ।

निर्वाचन नजिकिँदै जाँदा केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रवाहित सामग्रीमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पर्याप्त पालना नभएको गुनासो आइरहेको महासंघले जनाएको छ। यसै सन्दर्भमा सेतोपाटी अनलाइनले चितवन क्षेत्र नम्बर ३ को निर्वाचन नतिजा आँकलनसम्बन्धी सामग्री प्रकाशित गरेको विषय निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताविपरीत भएको भन्ने टिप्पणीहरूप्रति महासंघको ध्यानाकर्षण भएको छ।

सञ्चारमाध्यमका सामग्रीप्रति असहमति भए विधिअनुसार समाधान खोज्न सकिने भए पनि उक्त अनलाइनका प्रधान सम्पादक अमित ढकालमाथि सामाजिक सञ्जालमार्फत गरिएको ट्रोलिङप्रति महासंघले आपत्ति जनाएको छ। यस्ता घटनाहरू दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई संयम र जिम्मेवारी अपनाउन महासंघले आग्रह गरेको छ।

महासंघले समग्र सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै आफ्ना सामग्री प्रकाशन र प्रसारण गर्न आह्वान गरेको छ।

पत्रकार महासंघले उल्लेख गरेको प्रेस विज्ञप्ति यस्तो छ हेर्नुहोस्। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.