मकवानपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो, एमाले दोस्रो

हेटौंडा, फागुन २७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपरिणाममा मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ। प्राप्त मतपरिणाम अनुसार रास्वपाले ७३ हजार ७ सय ९२ मत प्राप्त गर्दै जिल्लामा अग्रस्थान हासिल गरेको हो।

यसअघि सम्पन्न प्रत्यक्ष निर्वाचन तर्फ पनि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका थिए। समानुपातिक मतपरिणामले पनि जिल्लामा रास्वपाको लोकप्रियता पुष्टि गरेको देखिन्छ।

समानुपातिक मतगणनाको नतिजा अनुसार नेकपा (एमाले) २७ हजार ६ सय ९० मतसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टी (वासुरी) ले २४ हजार ७ सय ४९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।

नेपाली कांग्रेसले २३ हजार ६ सय ३८ मत ल्याएर चौथो स्थानमा सीमित भएको छ भने नेकपाले १७ हजार ८ सय ९८ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख हरीप्रसाद ढकालले जानकारी दिएका छन्।

यस परिणामले मकवानपुरमा नयाँ राजनीतिक शक्तिप्रति मतदाताको आकर्षण बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.